तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी विवश घाइते
मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै
पाेखरा | चैत २०, २०८०
पोखरा: तनहुँको भिमादमा मोटरसाइकल दुर्घटना हुँदा गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर घाइते भएका छन् ।
तनहुँको भिमादमा जारी स्थानीय प्रतियोगिता खेलेर हिजो (सोमबार) घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी आलेमगर घाइते भएका हुन् ।
घाइते भएका आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेशका भलिबल प्रशिक्षक रमेश केसीले जानकारी दिए ।
‘गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको खबरपछि हामी अस्पतालमा गएका थियौं’, प्रशिक्षक केसीले भने, ‘खेलाडी आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था नर्मल नै भन्नुभएको छ ।’
उनका अनुसार घाइते आलेमगरको रिर्पोट नर्मल नै देखिएको छ ।
‘अस्पतालमा उपचारत खेलाडी आलेमगरको रिपोर्ट आइसकेको छ । अवस्था नर्मल नै भन्नुभएको छ्, उनले भने, ‘हामी बिहान ४ बजे मात्र कोठामा फर्किएका हौं । भाईलाई केही दिन अस्पतालमै राखेर थप उपचार गर्छौ ।’
प्रदेश खेलकुद परिषद् बागमतीले चितवनको भरतपुरमा चैत २४ देखि २६गतेसम्म आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि जनाउन गण्डकी प्रदेश भलिबल संघले विवश आलेमगरसहित हरि पाण्डेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।
चिकित्सका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका आलेमगरले एक महिना आराम गर्नुपर्ने भएपछि उक्त प्रतियोगिता गुमाउने छन् । विवश गण्डकीको भलिबल टिमका महत्वपूर्ण खेलाडी हुन् ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

